आदिकवि भानुभक्त क्याम्पसको सहिद चन्द्र नेपाली छात्रवासमा बसेका विद्यार्थीहरुसंग छलफल

भञ्ज्याङ समाचारदाता/दमौली

आदिकवि भानुभक्त क्याम्पस दमौलीको सहिद चन्द्र नेपाली छात्रवासमा बसेर अध्ययन गरिरहेका छात्राहरुसँग विहीवार छलफल कार्यक्रम गरिएको छ ।

छात्रावास व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर रसाइलीको अध्यक्षता आयोजित कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुसंगको परिचय कार्यक्रम र छात्रावासमा रहेर अध्ययन गर्ने विद्यार्थीहरुले ध्यानदिनुपर्ने विषयमा क्याम्पस प्रमुख महेश हड्खलेले जानकारी गराएका थिए ।

समितिका अध्यक्ष रसाइलीले छात्रावास निर्माणको उद्देश्य र छात्रावास विस्तारको आगामी योजनाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए भने छात्राबासका प्रमुख मीना श्रेष्ठले विद्यार्थीहरूको हालको अवस्थाको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

उक्त छात्राबासमा बसेर हाल ३२ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । गोरखा, लमजुङ र तनहुँ लगायतका जिल्लाहरुका विभिन्न भागका न्यूनआय भएका, असाहय र दुर्गम भेगका विद्यार्थीहरुले छात्राबासको सुविधा लिँदै आएको क्याम्पसले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker