३१औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइयो

भञ्ज्याङ समाचारदाता/दमौली

अपांगता भएका व्यक्तिहरुको ३१औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लाको व्यास नगरपालिकामा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइएको हो ।

दिवसको अवसरमा बजार परिक्रमा गरी र्‍याली कोण सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले अपांगता भएका व्यक्तिहरुको अधिकारको विषय निकै गम्भिर रहेको बताए । अन्तर्राष्ट्रिय स्तरमै अपांगता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गर्न दिवस मनाउदै आएको उनले बताए ।

यस्तै, अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनसंग जोड्न सकियो भने उनीहरु आत्मनिर्भर बन्न सक्ने भन्दै व्यास नगर उपप्रमुख इन्दिरा दरैले अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनसंग जोड्नका लागि सम्बन्धित सरोकारवाला निकाय सबैले ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘बालबालिकाको पहिलो अधिकार नै गुणस्तरीय शिक्षा हो । जिल्लामा रहेका सबै श्रोत कक्षामा रहेका अध्ययनरत बालबालिकाहरुको शैक्षिक अवस्था सुधारमा हामी सबै लाग्नुपर्छ । अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको अनुकुलता अनुसारको सीपमुलक तालिमहरु दिएर आर्थिकसंग जोड्नुपर्छ ।’

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपांगता अधिकार सम्बन्धि सचेतना मुलक नाटक “हाम्रो पनि कुरा छ” शिर्षकको नाटक प्रदर्शन गरेको थियो । कार्यक्रममा व्यास-५ स्थित सिन्धु आधारभूत विद्यालय, व्यास-१३ स्थित सिद्ध बेनी आधारभूत विद्यालय, व्यास-१ स्थित बुद्ध दाहाल बहिरा आधारभूत विद्यालयहरुमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुको पनि सहभागिता थियो। कार्यक्रममा बेलुन फुटाइ, घैटो फुटाइ र विभिन्न विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा नगद वितरण गरिएको थियो ।

रिसेडका अध्यक्ष पदमबहादुर परियारको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सचिव कृष्ण प्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरि वाग्ले, गैरसरकारी संस्था महासंघ तनहुँको सचिव सरिता भण्डारी, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, सामाजिक विकास कार्यालयका प्रमुख विक्रम सुवेदी, बहिरा संघको अध्यक्ष राजन रानाभाट, कोशिस नेपाल तनहु“का कार्यक्रम संयोजक महेन्द्र आचार्य, तनहुँ नेत्रहीन संघका अध्यक्ष चिन बहादुर कुमाल, सहृदयी मञ्च तनहुँ नेपालको सचिव कृष्ण थापा लगायतले अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो अधिकार र विकासका लागि एकजुट भएर सशक्त ढंगले अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker