प्रचण्डलाई कांग्रेसतिर ल्याउन जोड गरिरहेका छौं : नेता पौडेल

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले नेतृत्वको गठबन्धनबाट टुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसतिर ल्याउने कोसिस भइरहेको बताएका छन् ।

शहीद सप्ताहको अवसरमा कांग्रेस तनहुँले मंगलबार दमौलीमा गरेको वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा नेता पौडेलले भने, ‘प्रचण्डलाई एमालेसँगको गठबन्धन टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको छ ।’ उनले अहिले कांग्रेसको मुख्य ध्यान राष्ट्रपति प्राप्ति भएको समेत बताए ।

राष्ट्रपतिको आकांक्षी समेत रहेका नेता पौडेलले दुइ र दुइ जोड्दा पाँच हुने परिस्थिति आएको चर्चा गरेका छन् । अहिलेको राजनीतिक परिस्थितिलाई टिप्पणी गर्दै उनले भने, ‘गणितमा दुइ र दुइ जोड्दा चार हुन्छ, तर यहाँ त कहिले पाँच र कहिले तीन हुने अवस्था आएको छ ।’

पार्टी सभापतिले काठमाडौ आउन आग्रह गरेको भन्दै वरिष्ठ नेता पौडेल मंगलबार नै काठमाडौं फर्किएका छन् । अहिलेको अवस्थामा किन जिल्लातिर अलमलिएको भनेर सभापतिले फोन गर्नु भएकाले म आजै काठमाडौं फर्किन लागेको उनले बताएका छन् ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय गरेको छ । राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोजिने माओवादी केन्द्रको निर्णय छ । तर, एमालेले सत्ता गठबन्धनभित्रको सहमतिअनुसार आफ्नो दलले राष्ट्रपतिको उम्मेदवार बनाउनुपाउनु पर्ने बताइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker