व्यास नगरपालिकाले उठायो झण्डै १२ करोड आन्तरिक राजश्व

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले चालु वर्षो जेठ मसान्तसम्म ११ करोड ८५ लाख ७९ हजार ५३ रुपैया राजश्व संकलन गरेको छ । सबै भन्दा धेरै मादी नदि प्राकृतिक स्रोत साधनबाट राजश्व संकलन भएको छ ।
ढुंगा, गिटी तथा बालुवाबाट १ करोड ६२ लाख राजश्व संकलन गरेको छ भने सम्पत्ती कर बाट ८९ लाख १४ हजार ३ सय ६४, भूमिकर तथा मालपोतबाट ५२ लाख ९८ हजार ५ सय २८,घरवहाल करबाट ८४ लाख ३५ हजार ५ सय ६८, घरभाडा वापत १ करोड ५४ लाख १७ हजार ९ सय५४ राजश्व संकलन गरेको छ ।
त्यस्तै घरनक्सा पास दस्तुरबाट ८५ लाख ४८ हजार ९ सय ३३, व्यवसायीक करबाट ३४ लाख १२ हजार ४ सय ४६ राजश्व संकलन भएका छ । गएको माघ देखि जेठ मसान्त सम्म ६ वटा निकासी केन्द्रको डिपोबाट १ करोड ६२ लाख ५७ हजार ४ सय ८० राजश्व संकलन गरेको राजश्व व्यवस्थापन शाखाका प्रमुख कृष्णराज घिमिरेले जानकारी दिए । उनका अनुसार चापाघाट, कुमालटारी, मादीवेशी, सत्रसय, सेरा बोटेटार र दुलेपानी गरि ६ वटा निकासी केन्द्रबाट उक्त राजश्व संकलन गरिएको हो ।
ठेक्का नलगाएपछि नगरपालिकाले गएको माघको दोस्रो साता देखि आफै राजश्व संकलन गरेको उनले बताए । उनले भने, “मादी नदीदेखि कलेस्तीसम्मको खण्डको ठेक्का लागेको थियो, तर ठेक्का लागेको कम्पनीले सम्झौता गर्न नआएपछि हामी आफैले कर्मचारी खटाएर राजश्व संकलन गरेका थियौं । कलेस्ती देखि शिशाघाट सम्मको खण्डको ठेक्का नै नलागेपछि त्यहाँबाट पनि हामीले कर्मचारी खटाएर राजश्व संकलन गरेयौं ।”
ठेक्का लागेको खण्ड क मा कम्पनी सम्झौता गर्न नआएपछि कम्पनीले धरौटी राखेको रकम ७ लाख ७६ हजार जफत गरिएको घिमिरेले बताए । नगरपालिकाले चापाघाट निकासी केन्द्रको डिपोबाट ८९ लाख ३३ हजार ९ सय, कूमालटारी निकासी केन्द्रबाट ५१ ल्ाख ७२ हजार ६५५, मादीवेशी निकासी केन्द्रबाट १ लाख २४ हजार ९५०, सत्रसय निकासी केन्द्रबाट ५ लाख ९९ हजार २५०, सेरा बोटेटार निकासी केन्द्रबाट ४ लाख १४ हजार ३७५ र दुलेपानी निकासी केन्द्रबाट १० लाख १३  हजार ३५० राजश्व संकलन भएको उनले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker