माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवशेन

अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । मौजुदा केन्द्रीय सदस्य आयोजक समितिका सदस्य हुनेछन् । महाधिवेशन आयोजना र पार्टीको दैनिक कामकाजका लागि मौजुदा पदाधिकारी रहेको सचिवालय निर्माण गरिने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

महाविधेशनमा जेनजी युवाको अधिकतम सहभागिताका लागि वातावरण तयार गरिने प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले पार्टी नेताको सम्पत्ति विवरण छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको छ । बैठकले पदाधिकारीबाटै सम्पत्ति छानबिन सुरु गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय कार्यालय, नेताको सचिवालय र परिवारको व्यवस्थापनमा नयाँ ढङ्गले सोच्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

माओवादीले राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भीर सङ्कटमा रहेको निष्कर्ष निकाल्दै समाजवादी मोर्चामा रहेका दलबीच ध्रुवीकरणको प्रक्रिया अघि बढाउने र विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

क्षतिग्रस्त सरकारी संरचनाको सम्बन्धित निकायसँग समन्वय गरी पुनर्निर्माणका लागि पहल गर्ने तथा पार्टीका क्षतिग्रस्त संरचना र अन्य संरचना निर्माणका लागि पार्टीका तर्फबाट पहलकदमी लिने माओवादीको निर्णय छ ।

तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रुपमा होमिने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी तथा सामाजिक अराजकताका कारण जनतामा असुरक्षा बढेको निष्कर्ष निकाल्दै माओवादीले स्थानीय जनताको जीउधनको सुरक्षाका लागि विभिन्न तहमा जनसंयोजक परिचालन गर्ने निर्णय गरेको छ ।

बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो । दशवटा समूहबाट छानिएका प्रतिनिधिले छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।

त्यसबीचमा अध्यक्षसहित सबै पदाधिकारीले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । समूहको प्रतिनिधित्व गर्ने सबै प्रतिनिधिले अध्यक्षको प्रतिवेदनमाथि समर्थन गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ”, दाहालले भन्नुभयो ।

सङ्गठनात्मक कार्यशैलीमात्र नभई व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ थियो । बैठकमा उहाँले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन केके गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशनसमेत दिनुभएको छ ।

बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker