नौ महिने बालकको उपचारका लागि सहयोग जुट्दै

विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सहयोग जुट्न थालेको छ । ‘स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ बाट ग्रसित बालकको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।

यसैक्रममा लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले बालकको उपचारका लागि रु ५० हजार हस्तान्तरण गरेको छ । दुःख अप्ठ्यारोमा सहयोग गर्नु मानवीय धर्म रहेकाले क्लबबाट उक्त रकम सहयोग गरिएको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिनुभयो । यसैगरी शुक्लागण्डकी–५ स्थित नेपाल मुस्लिम इज्तेमा आमा समूहले बालकको उपचारका लागि रु ४५ हजार सहयोग गरेको छ ।

ती बालकमा जन्मिएको तीन महिनामै एसएमए रोगको लक्षण देखिएको परिवारले जनाएको छ । उस्मानका परिवारले उनलाई तीन महिनादेखिनै पोखराका विभिन्न अस्पतालमा उपचार गराएर परीक्षण गर्दा रोग पत्ता नलागेपछि आठ महिनाको उमेरमा कान्ति बाल अस्पताल लगेको थियो । उक्त अस्पतालमा उस्मानको उपचार बाल रोग विशेषज्ञ डा बिना प्रजापतीको निरीक्षणमा भएको थियो ।

झण्डै २५÷३० परीक्षणपछि बिरामीको रगत परीक्षणका लागि भारतस्थित लालपाथ पठाउँदा उस्मानलाई ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोग लागेको पत्ता लागेको हो । नोवार्टिस जिन थेरापिजले उत्पादन गर्ने उक्त औषधि प्रयोग गर्न सके बिरामीको ज्यान बचाउन सकिने सल्लाह डा मानन्धरले दिनुभएको छ ।

तर उक्त औषधि अन्य औषधि जस्तो सस्तो भने छैन । जोल्जेन्स्मा संसारकै महङ्गो औषधि हो । जोल्जेन्स्मा नामक औषधिलाई नेपाली रु २५ करोड भन्दा बढी पर्ने जनाइएको छ । यो रोग नेपालमा कमै मात्र पुष्टि हुने गरेको छ । उस्मानभन्दा पहिला यस प्रकारको रोग नेपालमा भैरहवाकी २२ महिने सियोना श्रेष्ठमा देखिएको थियो । हाल उनको दुबईमा उपचार भइरहेको छ ।

मुस्लिम युवाको अभियान

उस्मानलाई बचाउनका लागि दमौलीका मुस्लिम युवाहरुले पनि सहयोग सङ्कलन अभियान सुरु गरेका छन् । यो रोगको उपचारका लागि ठूलो धनराशि आवश्यक पर्ने र परिवारको आर्थिक क्षमताले नभ्याउने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको मोहम्मद गफ्फार (सुदीप) ले जानकारी दिनुभयो । यसैक्रममा व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदबाट रु २५ हजार १५० सङ्कलन भएको छ । “दमौलीका विभिन्न व्यक्ति तथा सङ्घसंस्थामार्फत् पनि सहयोग जुट्न सुरु भएको छ,” उहाँले भन्नुभयो, “सबैको सहयोग भए बालकलाई बचाउन सकिन्छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker