व्यासले पौष २८ र २९ गते ३८औं नगरसभा गर्ने
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले पौष २८ र २९ गते ३८औं नगरसभा गर्ने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतमा बुधबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा विविध बिषयमा छलफल तथा निर्णय गरेको छ ।
कार्यपालिका बैठकले नगरपालिका भित्रका वडाहरु र नगर भूमि परिषद्को सिफारिसका आधारमा कृषि योग्य जमिनको वर्गीकरण गर्ने तथा कर्मचारी अतिरिक्त सेवा सुविधा सम्बन्धी कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरेको प्रवक्ता एवं वडा नं. ६ अध्यक्ष जीवन गुरुङले जानकारी गराए ।
यस्तै, बैठकले नगर क्षेत्र भित्र रहि सञ्चालनमा रहेका रेडियो, पत्रपत्रिका र अन्य सञ्चारका माध्यम मार्फ नगर लोक कल्याणकारी सन्देश प्रकाशन र प्रशारण गर्न सम्झौता गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी गराए ।









