भानु नगर उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ
भञ्ज्याङन्यूज

भानु । तनहुँको भानु नगर उद्योग वाणिज्य संघको प्रथम अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको छ । अधिवेशनले कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संघको प्रथम उपाध्यक्षमा राजन श्रेष्ठ, दित्तीय उपाध्यक्षमा लाल कुमार श्रेष्ठ र कोषाध्यक्षमा नेत्रलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। यस्तै, संघको महासचिवमा कृष्ण चन्द्र कोइराला, सचिवमा मनिलाल श्रेष्ठ र सदस्यमा उपेन्द्र बाबू तिवारी चयन भएका छन ।
संघको प्रथम अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका पूर्व सदस्य देव कुमार श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, भानु नगर प्रमुख आनन्द राज त्रिपाठी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।










