आबुँखैरेनीमा मिनी ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

आबुँखैरेनी : तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाँटस्थित पृथ्वीराजमार्ग सडकखण्डमा मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

इप्रका आबुँखैरेनीका अनुसार शुक्रबार साँझ करिब ८:१५ बजेको समयमा डुम्रेबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ क ०२६८ नम्बरको सेतो रंगको मिनी ट्रकले पैदल हिँडिरहेका गोरखा नगरपालिका–१४ जुम्लाङ निवासी करिब ६० वर्षका दल बहादुर थापा मगरलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका थापा मगरलाई उपचारका लागि तत्काल पुरानो सीएमसी अस्पताल, चितवन पठाइएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनी बोल्न नसक्ने अवस्थाका थिए। उपचारका क्रममा साँझ करिब ९:४० बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका मिनी ट्रक चालकलाई इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको आँवुखैरेनी प्रहरी बिट मुग्लिनपुलजिप तनहुँको चेकिङ टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षका बाबुलाल लो रहेका छन्।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य भइरहेको जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker