देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न आयोजित गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।
महोत्सव तयारीका लागि तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा आयोजित सर्वपक्षीय बैठकमा सोही गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यस महोत्सवले देवघाटको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । उक्त महोत्सवलाई भरतपुर भ्रमण वर्ष २०२४ सँग जोडेर लैजान सकेमा थप प्रभावकारी हुने उहाँको भनाइ थियोे ।
सोही गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवर, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, नेपाल सन्त समाजका महासचिव तथा नेपाल संस्कृत विश्वविद्यालयका प्राडा गुरुप्रसाद सुवेदी, बागेश्वरीस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकाल, देवघाट गाउँपालिका विपद् व्यवस्थापन तथा पर्यटन शाखा प्रमुख होमबहादुर भारतीलगायतले उक्त धार्मिक महोत्सव सफल पार्ने सम्बन्धमा सुझाव दिँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमको ऊर्जा प्राप्त गर्ने देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई संवद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिबारे  प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माहरुको अगुवाइमा मङ्सिर ९ गते  वैकुण्ठ चतुर्दशीको अवसरमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मङ्सिर ९ गते शनिबार बिहान ७ बजे देवघाटधामको वेणी सङ्गमबाट सुरु हुने गण्डकी परिक्रमाअन्तर्गत तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर
आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रीनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।
यसैगरी चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरिनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बङ्गाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ र श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।
नवलपुरतर्फ गैँडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको छ ।
उक्त महोत्सवमा देवघाटधामको पूर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगवतीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रवद्र्धन र प्रचारप्रसारको कार्यक्रम गरिने भएकोे छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker