रक्तदानमा ५२ पिन्ट रगत संकलन
भञ्ज्याङ समाचारदाता/दमौली

वेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठान तनहुँले बिहीबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ । व्यास जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ५२ जनाले रगतदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान सञ्चालन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष खेमराज अधिकारीले सामाजिक उत्तरदायित्व वहनका लागि कार्यक्रम गरिएको बताए । कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रक्तदान कार्य पुण्यको काम भएको उल्लेख गरे ।










