पृथ्वीराजमार्गको घाँसीकुवा-विमलनगर खण्ड चैत्र १२ गतेसम्म दैनिक ४ घण्टा बन्द हुने

भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड थप १५ दिन बन्द गरिने भएको छ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत घाँसीकुवादेखि विमलनगर खण्डमा मर्मतका लागि रातीको समयमा ४ घण्टा राजमार्ग बन्द गरिने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गैरेले आज शुक्रबार एक सूचना जारी गर्दै फागुन १८ देखि २७ गतेसम्म राती १२ देखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको यो खण्ड पुनः १५ दिन फागुन २८ देखि चैत्र १२ गतेसम्म बन्द गरी सडकको भित्तो काट्ने काम गरिने जानकारी गराएका छन् ।

उक्त समयसम्म अत्यावश्यक सवारी साधान बाहेक अन्य सवारी साधनहरु पूर्ण रुपमा बन्द गरी काम गर्ने भनि जिल्ला सुरक्षा समितिको बैठबाट निर्णय भएको उनले जानकारी गराए ।

सहायक प्रजिअ गैरेले भने, ‘राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र कामलाई गति दिन नसकिएको हुँदा रातको समयमा राजमार्ग बन्द गरी कामलाई तीव्रता दिने तयारी गरिएको छ ।’ यस अगाडि १० दिनका लागि बाटो बन्द गर्ने निर्णय भएकोमा पुनः १५ दिन थप गरिएको उनले बताए ।

मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँमा दुइ वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पञ्चिम खण्डमा सडक विस्तारका काम भइरहेका छन् । सडक सीमाभित्र रहेका विद्युत् पोलहरु स्थानतरण नगरिदा कामले गति लिन नसकेको आयोजनाले बताउने गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker