गोली र लागुऔषध सहित तीन पक्राउ

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ प्रहरीले बन्दिपुर गाउँपालिका-१ पिप्लेबाट गोली र लागुऔषध सहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका-४ भैसीखाँ बस्ने २१ वर्षीय मनबहादुर गुरुङ, सोही वडाको चान्चा बस्ने ३० वर्षीय आशिष कायस्थ र भानु नगरपालिका-१ शुक्रखोला बस्ने ३० वर्षीय वर्षीय भरत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले भरत तामाङको घरबाट ७.६२ एमएफएस २००१ लेखिएको राइफलमा प्रयोग हुने हतियारको गोली र अन्य दुइ जनाको साथबाट लागुऔषध बरामद गरेको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । प्रहरीले भरतको घर खानतलासी गर्दा दुइ थान हतियारको गोली बरामद गरेको छ ।

त्यस्तै निजकै घरबाट एक एम्पुल नुफिन, एक एम्पुल डाइजेपाम, एक एम्पुल फेनरागन, चार थान सिरिन्ज बरामद गरेको छ । यसैगरी मनबहादुरको साथबाट नुफिन १७ एम्पुल, डाइजेपाम १७ एम्पुल र फेनरागन१७ एम्पुल लागुऔषध बरामद भएको छ । आशिषको साथबाट नुफिन दुइ एम्पुल, डाइजेपाम दुइ एम्पुल र फेनरागन दुइ एम्पुल बरामद भएको छ । पक्राउ परेकामध्ये भरत लागुऔषध विक्री वितरणमा संलग्न रहेको खुलेको छ । पक्राउ परेका तीन जना विरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोर पक्राउ

यस्तै, तनहुँको व्यास नगरपालिका-२ स्थित लोकप्रिय स्वास्थ्य क्लिनिकमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका-१ नयाँबस्ती बस्ने २० वर्षीय सुजन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गत असार ३२ गते राति स्वास्थ्य क्लिनिकको सटर फोडी नगद एक लाख ३५ हजार रुपैयाँ चोरी गरेर फरार रहेका उनीहरुले पुनः आइतबार राति सोही स्वास्थ्य क्लिनिकमा चोरी प्रयास गरेका थिए ।

सिसिटिभी फुटेलको हुलियाका आधारमा खोजतलास गर्दै जाँदा आइतबार राति ९:३० बजे पुनः स्वास्थ्य क्लिनिक तोडफोड गर्दै गरेको अवस्थामा स्थानीय व्यक्तिको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेकाविरुद्ध सोमबार तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker