व्यास नगरपालिकाको न्यायिक समिति : गत आवमा ८८ विवादको समाधान

दमौली : तनहुँको व्यास नगरपालिकाको न्यायिक समितिले मिलापत्रबाटै अधिकांश मुद्दाको समाधान गर्ने गरेको छ । दुवैलाई जीतको महशुस बनाउन मिलापत्रबाटै समाधान गरिएको समितिले जनाएको छ । समितिका अनुसार हार र जीतको अवस्थामा दुवैलाई नोक्सान हुन्छ भनि सम्झाई बुझाई परामर्श दिएर मेलमिलापको माध्यमबाट समाधान गरिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा ८८ विवाद समाधान गरिएको न्यायिक समितिको संयोजक तथा उपप्रमुख इन्दिरा दरैले बताइन । ति मुद्दामध्ये एक मात्र समाधान गर्न नसकेर अदालतीय प्रक्रियामा गएको दरैले बताइन ।

आव २०८०/०८१ मा दायित्व सरी आएको ३८ र आव २०८१/०८२ मा ७८ गरी ११६ वटा मुद्दा दर्ता भएकोमा ८८ वटा अर्थात् ७५ प्रतिशत समाधान गरिएको दरैले जानकारी दिइन् । ‘चालु आर्थिक वर्षमा परेका चार मुद्दामध्ये तीन वटा मिलापत्रबाट समाधान गरिसकिएको छ’, ‘अदालती प्रकृयामा जाँदा खर्चिलो हुने एउटाको जीत र अर्काको हार हुने अवस्था रहेपनि न्यायीक समितिले दुवै पक्षको जीत जीतको अवस्था सुनिश्चित गर्दै आएका छौं ।’

न्यायीक समितिबाट आफुहरुले पाएको क्षेत्राधिकारभित्र रही परेका उजुरीलाई धेरै हदसम्म निरुपण गर्न सफल उपप्रमुख दरै बताउँछिन्। दुवैको जीत जीतको महसुस गराउँदै न्याय दिँदा आफुहरुलाई काम प्रति सन्तुष्टि मिलेको उनले बताइन् ।

दरैले भनिन्, ‘कानुनको पाटो र समझदारीको पाटो फरक हुन्छ हामी कहाँ मुद्धा मिलापत्रले जीत÷जीत भएको छ कसैको पनि हारजीत भएको छैन ।’ परिवार भित्रको र समाजको विवाद घर परिवार भित्र र समाजमा नै बसेर तत्काल विवादका पक्षहरुलाई सहभागी गराएर मेलमिलापको पक्रियाद्वारा छलफल गराएर विवाद सदाका लागि समाधान ग¥यो भने समाजमा शान्ति कामय र विकास गर्न सकिने दरै बताउनुहुन्छ ।

समितिलाई दिएको क्षेत्राधिकारभित्र रहेर धेरैभन्दा धेरै विवाद समाधान गर्ने प्रयास गरेका गरिएको धेरै विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएको न्यायिक सहजकर्ता सुरज श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार अधिकांश मुद्दा घरेलु हिंसा, साँध सिमाना विवाद, बाटो विवाद, घरबहाल, कुलोपानी, लेनदेन, लगायतको छन् ।

विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा पठाउन सकिने कानुनी व्यवस्था भए पनि पक्ष, विपक्ष, सँधियार, वडा प्रतिनिधि र नगपालिकाका प्राविधिकसहित फिल्ड डोर खटाइ अधिकांश मिलापत्र गरिएको समितिले जनाएको छ । उजुरी निरुपणलाई सहज बनाउन नगरपालिकाले छुट्टै न्यायिक सम्पादन कक्ष स्थापना गरेको छ ।

संयोजक दरै सहित न्यायिक सम्पादनका सदस्यहरु यज्ञप्रसाद शर्मा, मधुमाया घर्ति, उजुरी प्रशासक रामचन्द्र हड्खले, न्यायिक सहजकर्ता सुरज श्रेष्ठ गरी पाँच सदस्यीय समिति छ । विवाद समाधानका छिटो होस् भन्नको लागि सातामा एकपटक इजलास बस्ने गरिएको छ । नगरपालिकाले वडामै विवाद समाधान गर्नका लागि १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको समितिले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker