नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भण्डारीद्वारा एक लाख सहयोग

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामग्री खरिदका लागि रु एक लाख एक हजार एक सय ११ सहयोग गर्नुभएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण र रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्न उहाँले उक्त रकम जिल्ला पार्टी कार्यालयलाई सहयोग गर्नुभएको हो ।

पूर्वमन्त्री भण्डारीका तर्फबाट काङ्ग्रेस व्यास नगर समितिका सहसचिव डम्बर अधिकारीले जिल्ला सचिव विश्व बास्तोला र सह-सचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो ।

रकम ग्रहण गर्दै नेका जिल्ला सचिव बास्तोलाले सहयोगका लागि पूर्वमन्त्री भण्डारीप्रति आभार व्यक्त गर्नुभयो । यसैबीच काङ्ग्रेसले स्वास्थ्य सामग्री हस्तान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्तासँग सहयोगको आह्वान गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker