बन्दिपुरमा १४ गोरु जुधाइयो, नविन गुरुङको गोरु प्रथम

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुरमा माघे संक्रान्ति पर्वको अवसरमा १४ वटा गोरु जुधाइ प्रतियोगिता आइतबार सम्पन्न गरिएको छ । बन्दिपुर-२ कुकुर्दी स्थित नारायण-गोपाल युवा क्लबले गोरु जुधाइ प्रतियोगिता गरेको थियो ।

उक्त गोरु जुधाई प्रतियोगितामा हल्थुम्काका नविन गुरुङको गोरु प्रथम र कुकुर्दीका सन्तोष गुरुङको गोरु द्वितीया भएको छ । गोरु जुधाई प्रतियोगितामा गाउँपालिका भित्रका चौध हल गोरु सहभागि गराइएको नारायण-गोपाल युवा क्लबका अध्यक्ष उज्वल गुरुङले बताए ।

प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद १५ हजार रुपैयाँ र दोस्रो हुनेलाई सात हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । क्लबले प्रत्येक वर्ष माघे संक्रान्तिमा गोरु जुधाई प्रतियोगिता गर्दै आएकोले यसबर्ष पनि निरन्तरता दिइएको उनले बताए ।

सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker