बन्दीपुरमा असोज ८ र ९ गते एचपीभी खोप लगाईदै

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रमसम्बन्धी अभिमुखीकरण तथा सञ्चार कार्यक्रम–२०८३ सम्पन्न गरेको छ । राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरबाट बचाउने एचपीभी खोप थपिएसँगै आर्थिक वर्ष २०८३/८४ देखि नियमित खोप सेवाअन्तर्गत एचपीभी खोप सञ्चालन गरिने भएको हो ।

बन्दीपुर गाउँपालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई एचपीभी खोप प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ । खोप कार्यक्रम असोज ८ र ९ गते विद्यालय तथा तोकिएका खोप केन्द्रमार्फत सञ्चालन गरिने जनाइएको छ ।

स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सर रोकथाममा एचपीभी खोप प्रभावकारी हुने भएकाले लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप कार्यक्रममा सहभागी गराउन अभिभावक, विद्यालय तथा सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker