महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मान
भञ्ज्याङ न्यूज

स्वास्थ्य कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मानबाट सम्मानित गरेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवामा रही स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान बापत कार्यालयले दुइ जनालाई नगद सहित सम्मान गरेको छ ।
आँबुखैरेनी स्वास्थ्य चौकीमा कार्यरत बागमती थापा र छिम्केश्वरी स्वास्थ्य चौकीमा कार्यरत कल्पना गुरुङलाई जनही २० हजार सहित कदरपत्रले सम्मानित गरेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । कार्यक्रममा प्रमुख अधिकारी, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले सम्मान गरेका थिए ।










