भानुका विद्यालय अनुगमन तथा सरोकारवालासंग अन्तरक्रिया

भानु : तनहुँको भानु नगरपालिकाका दुई सामुदायिक माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको अनुगमन तथा शैक्षिक पूर्वाधार सुदृढीकरणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार भानु नगरपालिका–९ पुर्कोट बाइसजङ्गारस्थित श्री कर्मदा माध्यमिक विद्यालय र भानु–२ नारेश्वरटारस्थित होरालो शाशिस माध्यमिक विद्यालयको स्थलगत अनुगमन गर्दै सरोकारवालासँग अन्तरक्रिया गरिएको हो।

अनुगमनको मुख्य उद्देश्य वार्षिक परीक्षाको अवस्था अवलोकन गर्नुका साथै ‘भर्चुअल लर्निङ, ई–पुस्तकालय तथा विज्ञान प्रयोगशालाका सामग्री तथा उपकरण व्यवस्थापन’ सम्बन्धमा स्थानीय आवश्यकता पहिचान गर्नु रहेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए।

अनुगमन टोलीमा नगर शिक्षा समितिका उपाध्यक्ष एवं उपप्रमुख उमा गोतामे, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती तथा नेपाल शिक्षक महासंघ भानुका अध्यक्ष उपेन्द्रबहादुर विष्टको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–कर्मचारी तथा अनुगमन टोलीबीच संयुक्त बैठक बसेको थियो। बैठकमा विद्यालयको वर्तमान अवस्था, यसअघि उपलब्ध गराइएका उपकरणहरूको प्रयोग र सदुपयोगको स्थिति, थप आवश्यक सामग्री तथा उपकरणहरूको आवश्यकता र औचित्यका विषयमा विस्तृत छलफल गरिएको थियो।

सरोकारवालाहरूले प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार, प्रयोगात्मक सिकाइलाई सुदृढ बनाउने सामग्रीको व्यवस्थापन तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोगमा जोड दिएका थिए। साथै, विद्यालयस्तरमै आवश्यकता पहिचान गरी योजना निर्माण गर्नुपर्नेमा सहभागीहरूले सुझाव दिएका छन्। नगरपालिकाले प्राप्त सुझाव तथा पृष्ठपोषणका आधारमा आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रविधिमैत्री शिक्षण सिकाइ वातावरण विकासका लागि आवश्यक पहल गर्ने जनाएको छ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker