नेपाल बन्द : तनहुँका बजार क्षेत्र प्रभावित, ८ जना पक्राउ, स्कर्टिङ्ग गरी सवारी साधान सञ्चालन
भञ्ज्याङ न्यूज

एमसिसीको विरोधमा छ दलीय मोर्चाले आव्हान गरेको नेपाल बन्दका कारण बुधबार तनहुँका बजार क्षेत्र पूर्णरुपमा प्रभावित भएका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका पार्टीले संयुक्त रुपमा आव्हान गरेको बन्दका कारण बजार क्षेत्रका साथै शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् भने, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयहरु खुल्ला रहेपनि सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ ।

बन्दका कारण पृथ्वीराजमार्गमा न्यून रुपमा सार्वजनिक यातायातका साधान सञ्चालन भएका छन् । प्रहरीले स्कर्टिङ्ग गरी राजमार्गमा यातायात सुचारु गरेपनि भित्री तथा ग्रामीण सडकमा भने र्सार्वजनिक यातायातका साधान सञ्चालन हुन सकेका छैनन् ।

यस्तै, एमसिसीको विरोधमा नेपाल बन्द गराउन खटिएका बन्दकर्तालाई प्रहरीले बुधबार दमौलीस्थित मुख्यचोकबाट आठ जनालाई पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

पक्राउ परेकाहरुलाई प्रहरी कार्यालयमा राखिएको छ । नेपाल बन्दका क्रममा जिल्लामा कुनैपनि अप्रिय घटना नघटोस भनि प्रहरीले जिल्लाका विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।








![Photo of दाहालको प्रस्ताव कुण्ठा र कृत्रिम आरोपको संगालो : ओली [जवाफको पूर्ण पाठ]](https://bhanjyangnews.com/wp-content/uploads/2020/11/Nekapa-390x220.jpg)



