विविध कार्यक्रम गरी तनहुँमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदै

दमौली : तनहुँमा विविध कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ मनाइने भएको छ । फागुन ६ गतेदेखि ८ गतेसम्म तीन दिनसम्म दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा फागुन ६, ७ र ८ गते तीनै दिन साँझ सरकारी कार्यालय, गैरसरकारी संस्था, राजनीतिक दलका कार्यालय र निजी क्षेत्रमा दिपावली गरिनेछ। यसका साथै फागुन ६ गते बिहान ७ः०० बजे व्यास नगरपालिकाको संयोजनमा अनसन चौतारी, खुल्ला मञ्च र शिव पञ्चायन मन्दिर क्षेत्रमा विशेष सरसफाइ गरिने कार्यक्रम तय भएको छ । फागुन ८ गते सबै सरकारी कार्यालयहरूमा पनि अनिवार्य सरसफाइ गरिनेछ ।
प्रजातन्त्र दिवसको मुख्य दिन फागुन ७ गते बिहान ७ः०० बजे दमौलीको अनसन चोकमा झण्डोत्तोलन गरिनेछ । सोही दिन बिहान ७ः३० देखि ९ः०० बजेसम्म नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँच गरिनेछ। यस्तै, बन्दीपुरको शहीद पार्कमा शहीदहरूको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि राखिएको छ ।
फागुन ८ गते बिहान ९ः०० बजे तनहुँ उद्योग वाणिज्य संघको संयोजनमा दमौली अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ। सोही दिन बिहान ११ः०० बजे जिल्ला प्रशासन कार्यालयमा विशेष समारोह आयोजना गरी विभिन्न आन्दोलनका शहीद परिवार, बेपत्ता व्यक्तिका परिवार र घाइतेहरूलाई सम्मान गरिने कार्यक्रम छ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker