एसइइ परीक्षा सुरु : तनहुँमा छ हजार बढी परीक्षार्थी, शैक्षिकसत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गर्ने लक्ष्य
भञ्ज्याङ न्यूज
आजबाट देशभर एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसइइ)को परीक्षा सञ्चालन भइको छ । बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पुरा गरिएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइइको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका आवश्यक सामग्री सम्बन्धित परीक्षा केन्द्रमा पुर्याइएको छ ।
यस वर्षको परीक्षामा तनहुँबाट छ हजार १७५ जना परीक्षार्थी सहभागी हुँदैछन् । कृषि, सिभिल, कम्प्युटर र भेटेरिनरी लगायतका प्राविधिक धार तर्फ१३० जना बिद्यार्थी सहभागि हुनेछन् । खुल्लातर्फतीस, कम देख्ने तीन, बाल सुधारगृह कास्कीबाट दुइ जना गरी कूल छ हजार १७५ जना परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत इन्द्र प्रसाद तिम्लसेनाले बताए ।
व्यास नगरपालिका-१ निर्मल माध्यमिक विद्यालयमा फाराम भरी सोही वडा स्थित जलदेवी माविबाट खुल्ला तर्फाट परीक्षा दिदै छन्। कक्षा आठ पास गरेका र घरमै बसेर दुइ बर्षछि एसइइ परीक्षा दिन लागेका हुन् । प्रश्नपत्र र समय तालिका सबै परीक्षार्थीहरुका लागि एउटै कायम रहेको छ।
तनहुँमा एसइइ परीक्षाको लागि २६ वटा परीक्षा केन्द्र तोकिएको छ । जसमा सबैभन्दा बढी व्यास नगरपालिकामा सात वटा परीक्षा केन्द्र तय गरिएको छ । शुक्लागण्डकीमा छ, भानुमा तीन, बन्दिपुरमा तीन, भिमादमा दुइ परीक्षा केन्द्र कायम गरिएको छ ।
परीक्षाका लागि देवघाट, आँबुखैरेनी, म्याग्दे, घिरीङ र ऋषिङ गाउँपालिकामा एक/एक परीक्षा केन्द्र तोकिएको छ । होम सेन्टर नभएका २५ वटा बिद्यालयमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ भने महेश संस्कृत गुरुकुल मावि देवघाटमा होम सेन्टर नपर्ने अशोक खत्रीलाई खटाइएको छ ।
जिल्लाभर परीक्षाको लागि ५७६ जनशक्ति परिचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत बिश्व रेग्मीले बताए । केन्द्राध्यक्ष २६, सहायक केन्द्राध्यक्ष ४२, निरीक्षक ३१९, परीक्षा सहायक ६४, र सहयोगी कर्मचारी १२५ जना रहेका छन् । प्रश्नपत्र सम्बन्धित पालिका स्थित प्रहरी चौकीमा पठाउने कार्य सम्पन्न गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बसन्तराज पौडेलले बताए ।
मुल र थप कपी सम्बन्धित केन्द्रमा पठाइएको छ । ‘धेरै बिद्यार्थी भएका केन्द्रमा दुइ जना केन्द्राध्यक्ष तोकिएको छ’, उनले भने, ‘थोरै विद्यार्थी रहेका परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्षले नजिक रहेका दुइ परीक्षा केन्द्र अनुगमन गर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ भने टाढा रहेको परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष खटाइएको छ ।’
यस्तै, एसइइका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुइ हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फछात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुइ लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
दुइ वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फा २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एर्सर्इइमा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एर्सर्इइमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।
बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसइइ परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिए। परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फ जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेश अनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।
प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उनले बताए । अध्यक्ष शर्माले भने, ‘यस वर्ष एक महिना ढिलो गरी परीक्षा सुरु हुँदैछ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, त्यसले नतिजाका केही दिन तलमाथि हुनसक्ला, यद्यपि बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एर्सर्इइको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौँ ।’
कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १-१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ ।










