मानुङकोट र काहुशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गरिने

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेश सरकारले तनहुँको पर्यटकीय मानुङकोट र काहुँशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुइ पालिका जोड्ने डाँडामा बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको छ ।

व्यास नगरपालिका-५ स्थित मानुङकोट र ऋषिङ गाउँपालिका-१ काहुँशिवपुर जोड्नका लागि निर्माण गरिने पुलको सम्भाव्यता अध्ययन गरिने बताइएको छ । पछिल्लो समय मानुङकोट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ । केही वर्षघिसम्म सुनसान मानुङकोटमा अहिले पर्यटकीय पूर्वाधार निर्माण गर्ने क्रम सुरु भएको छ । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker