तनहुँ-१ को उपनिर्वाचनका लागि २६ दल दर्ता

भञ्ज्याङ समाचारदाता/दमौली

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन् ।

आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो ।

यस्तै बारा-२ क चितवन-२ मा पनि सोहि मितिमा उपनिर्वाचन हुँदैछ । चितवन-२ मा १८ दल भएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो । तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा र्सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker