लागुऔषध सहित दुइ युवा पक्राउ

भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पुलजीपबाट लागुऔषध सहित दुइ जना पक्राउ परेका छन् । वीरगञ्जबाट पोखरा तर्फआउँदै गरेको ना४ख २५४९ नम्बरको बस चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध सहित दुइ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१८ बस्ने १८ वर्षीय विशाल सराव र कास्कीको पोखरा महानगरपालिका-१५ बस्ने ५४ वर्षीय जितेन्द्र गुरुङ रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

विशालको साथबाट डाइजेपाम १००, फेनरागन १००, नुफिन १०० गरी ३०० एम्पुल बरामद गरेको छ । निजलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा गुरुङ समेतलाई पक्राउ गरिएको हो । दुवै विरुद्ध तनहुँ अदालतमा पाँच दिनको म्याद थप गरिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker