तनहुँको भानुका तीन किशोरी सम्पर्क बिहीन

भानु : तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट सोमबार तीन जना किशोरीहरू सम्पर्क बिहीन भएका छन् । स्थानीय १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार सम्पर्क बिहीन भएका हुन् ।
तीनै जना किशोरी सोमबार बिहान विद्यालय जान्छौं भन्दै घरबाट निस्किएको बताइएको छ । तर, उनीहरू विद्यालय नगई सम्पर्कविहीन बनेको उनिहरुको परिवारले जनाएको छ ।
अभिभावकहरूले दिनभरि खोजतलास गरे पनि कुनै पत्तो नलागेपछि साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय भानुमा जानकारी गराएका थिए ।
प्रहरीले खोजी कार्य सुरु गरेको छ भने परिवार र स्थानीयवासीहरू पनि खोजीकार्यमा सक्रिय रूपमा संलग्न भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।










