तनहुँको शुक्लागण्डकी-९ बालविवाह मुक्त वडा घोषणा

  • भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ ले आफ्नो वडा भित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ । गत फागुनदेखि चैत्रसम्म विद्यालय र टोलटोलमा सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको वडाले विहिबार बालविवाह मुक्त वडा घोषणा गरेको हो । नेकपा शुक्लागण्डकीका अध्यक्ष मुक्तिनाथ तिम्सेनाले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको भन्दै कार्यन्वयन पक्षलाई बलियो बनाउनुपर्ने जोड दिए । तिम्सेनाले धार्मिक मान्यताको रुपमा हुँदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा बुझन् बर्तमान समयको माग रहेको बताएका थिए ।

वडाध्यक्ष लोक नारायण श्रेष्ठले प्रत्येक टोलका अभिभावक र विद्यालयहरुमा प्रत्येक्ष रुपमा किशोरीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेर बालविवाहको असरबारे जानकारी दिइएकोले कार्यक्रम प्रभावकारी हुने विश्वास व्याक्त गरे । उनले प्रत्येक घरमा बालविवाह गर्न नपाइने स्टीकर टाँस गर्ने र कतै हुन लागेको खण्डमा प्रशासनमा जानकारी गराउन समेत आग्रह गरे ।

नगरपालिकाको विभिन्न वडामा हरियो बन, यूएसएआईडी, डब्लुडब्लुएफ, एनटिएनसी लगायतका गैसरकारी संस्थाहरुको पहलमा बाल विवाह मुक्त वडा घोषणा भईरहेका छन् । यस अघि नगरपालिकाको वडा नं. १० समेत बाल विवाहमुक्त वडा घोषणा भईसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker