अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिलाअघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने कुरालाई अनदेखा गर्न नमिल्ने ज्ञवालीको भनाइ छ । दुई वटै पदमा पुरुषलाई उठाउने कुरा संविधान विपरीत हुने ज्ञवालीले बताए।

“यो बैठक एउटा मात्रै अजेन्डामा केन्द्रित थियो। चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ,” उनले भने, “पुरुषलाई नै दुई वटा पदमा उठाउनु संविधानविपरितको कुरा हो। त्यसो गर्न मिल्दैन।”

शाक्य बागमती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन्। निर्वाचन आयोगले उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ताको समय दिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker