आँबुखैरेनी–मुग्लिङ सडक खण्ड बन्द हुने

पृथ्वीराजमार्ग अन्तरगत आँबुखैरेनी–मुग्लिङ सडक खण्ड सोमबार राती २ घण्टका लागि बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित डम्पिंग साइट क्षेत्रमा गएको पहिरो नियन्त्रण कार्यको भूकम्प प्रतिरोधकता परीक्षणका लागि बन्द हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीका अनुसार उक्त सडक खण्डको पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले कात्तिक १० गते रातीको १२ बजेदेखि २ बजेसम्म यातायात सञ्चालन अवरुद्ध हुने जनाएकी हुन् ।










