बन्दिपुरमा बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण

बन्दिपुर सहयोगी हातहरुको आयोजनामा तनहुँको बन्दिपुरका बिभिन्न बिद्यालयहरुमा विद्यार्थीका लागि झोला तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

बिहिबार गाउँपालिकाको वडा नं. ५ बाहुन भन्ज्याङ स्थित श्री त्रिभुवन आधारभूत विद्यालयका करिव ३६ जना बिद्यार्थी तथा झारगाउँ स्थित झारगाउँ आधारभुत बिद्यालयका २९ जना बिद्यार्थीहरुलाइ सहयोग प्रदान गरेको छ ।

यस्तै वडा नं. ६ लखनबारी स्थित जनजागृती आधारभुत बिद्यालयका करिव ३५ जना अध्ययनरत विद्यार्थीका लागि झोला तथा शैक्षिक सामाग्री वितरण गरिएको बन्दिपुर सहयोगी हातहरुका अध्यक्ष मथुरा पियाले जानकारी दिए ।
शुक्रबार वडा नं. १ भुँडाटार स्थित ज्योती प्रा.वि का करिव ३० जना बिद्यार्थीहरुलाइ पनि तथा शैक्षिक सामाग्री वितरण गरिने अध्यक्ष पियाले बताए ।

यो कार्यक्रम मेरो गाउँमा आएर गर्न पाउँदा निकै खुसी महसुस भएको छ ।’ आगामी वर्षका अध्यक्षहरुले यस्तै खालका सामाजिक कार्यमा निरन्तर दिनेमा पियाले जोड दिदै यो कार्यक्रममा सहयोग गर्नुहुने सबैलाइ आभार प्रकट गरेका थिए ।

शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न संघ संस्थाहरुको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । उनले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउने जोड दिए ।

बन्दिपुर गाउपालिकाका वडा नं. ५ का अध्यक्ष धु्रव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बन्दिपुर सहयोगी हातहरुका अध्यक्ष मथुरा पिया लगायत सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker