चुँदीखोलामा माछाको भुरा छाडियो

डिपि अधिकारी/भानु

तनहुँको भानु नगरपालिकाले चुँदीखोलामा माछाको भुरा छाडेको छ । कृषि तथा पशुपंक्षी शाखाको वाषिर्क कार्यक्रम अनुसार चुँदीखोलाको विभिन्न ठाउँमा १२ हजार माछाका भुरा छाडिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

नगरपालिकालाई जलचर प्रकृतिमैत्री बनाई स्थानीयको आम्दानीमा समेत सहयोग पुर्‍याउने उद्देश्यका साथ खोलामा माछाको भुरा छाडिएको प्रमुख त्रिपाठीले बताए ।

माछाको भुरा छाडिएको चुँदीखोलामा एक महिनासम्म माछा मार्न नपाउने गरी बन्देज लगाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । उनले भने, ‘खोलामा छाडिएको भुरालाई नयाँ ठाउँमा घुलमिल हुन करिब महिनादिन लाग्नेहुँदा एक महिना खोलामा माछा मार्न नपाउने गरी बन्देज लगाईएको हो । नगरपालिकाको यो सुचनालाई अटेर गरेको पाईएमा चलचर संरक्षण ऐन अनुसार कारबाही भैजाने छ।’

नगरपालिकाले चुँदीखोलाको ३ ठाउँमा माछाका भुरा छोडिएको छ । उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, नेपाली सेनाको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी हिमाचल जङ शाह, नगरपालिकाको कृषि तथा पशु शाखाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker