घिरिङमा एक कर्मचारी एक विरुवा कार्यक्रम
भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको घिरिङ गाउँपालिकाले एक कर्मचारी एक विरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले उक्त कार्यक्रम अन्तर्गत सोमबार कार्यालय परिसरमा विरुवा रोपण गरी ग्रीन बेल्ट कार्यक्रम सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष होमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायत जनप्रतिनिधि र सबै कर्मचारीहरुले एक-एक वटा फूलका बिरुवा रोपण गरेका छन् । सेवाग्राहीलाई सजिलो र सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिका परिसरलाई हरियाली बनाईने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।
गाउँपालिकाको भवन भित्र सहायता कक्ष, कार्यक्रम सभाहलको ब्यवस्थापन, दृष्टि बिहिनहरुलाई प्रत्येक शाखाको प्रवेशद्वारमा ब्रेन लिपि अक्षर राखिएको कक्ष निर्माण तथा गाउँपालिका परिसर भित्र विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिँदै आएको उनले बताए ।










