मिर्गौला पीडितलाई आर्थिक सहयोग

भञ्ज्याङ न्यूज

तनहुँको व्यास-२ दमौली घर भई हाल बेलायत निवासी युवा अभियन्ता रजनजंग शाहीले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेका छन्। उनले मिर्गौला पीडित एक महिलालाई ४५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गरेका हुन् ।

आँबुखैरेनी-३ निवासी ५१ वर्षीया मिना कुमारी थापाको उपचारार्थ शाहीले उक्त रकम सहयोग गरेका हुन् । दुवै मिर्गौला फेल भएकी थापाको उपचार सहयोगार्थ व्यास-५ स्थीत सिद्ध युवा क्लबले दमौलीमा शुक्रबार आयोजना गरेको कर्न्र्सट कार्यक्रममा शाहीले पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको क्लवका अध्यक्ष प्रकाश थापाले बताए ।

कार्यक्रममा बोल्दै शाहिले नेपालमा गीत संगीतको क्षेत्रमा राम्रो विकास भएको चर्चा गर्दै गीत संगीतले मानिसलाई उर्जा प्रदान गर्ने बताए । स्वास्थ्य भन्ने कुरा मानिसका लागि अमूल्य सम्पत्ति भएकोले स्वास्थ्यप्रति सबै सजग हुनुपर्नेमा जोड दिँदै शाहिले मृगौला पीडितको जीवनरक्षाको लागि गरिएको सांगीतिक कार्यक्रम उदाहरणीय कार्य रहेको बताए ।

उक्त रकम शाही, अमेरिका निवासी राजन त्रिपाठी, कृष्णजीवि पन्थ, कुवेत निवासी यादव पिया र जापान निवासि शिवहरि पौडेलद्वारा संकलन गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker