विकास र समृद्धिका लागि एमालेलाई भोट : उम्मेदवार राना
भञ्ज्याङ समाचारदाता/भानु

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेको एकवहादुर रानाले विकास र समृद्धिका लागि एमालेलाई भोट दिन आग्रह गरेका छन् । आफुले जनताको समस्यालाई नजिकवाट नियालेको बताउँदै चार दशकदेखि राजनीतिमा लागेर जनताको समस्यालाई बुझेको हुँदा जनताको समस्या सम्बोधन गर्न आफु लागि पर्नेमा मतदातालाई विश्वास दिलाएका छन् ।
‘आफु सधै जनताको समिपमा भएर पनि अवसर नपाएर काम गर्न पाएको छैन’, उनले भने, ‘अबको निर्वाचनमा तपाईहरुलाई मलाई भोट दिएर न्याय गर्नुहुनेछ भन्ने विश्वास गरेको छ । तपाईको भोटले विजयी भएमा तपाईहरुकै समस्या समाधानमा खट्टनिे छु ।’
‘पार्टीले टिकट दिएपनि जितको अवसर नपाँउदा विकास निर्माण र जनताको समस्या समाधान गर्न सकिएन’, उनले भने, ‘आफु पराजित हुँदै आएपनि सधै तपाईहरुकै समिपमा रही सुखदुःखमा हातेमालो गर्दै आएको छु । यहाँका समस्याका विषयमा जानकार छु, समस्या समाधानका लागि लागि पर्नेछु ।’
चुनावी प्रचारको सिलसिलामा जनताको घरदैलोमा भोट माग्ने क्रममा रानाले राजनीतिको विभिन्न कालखण्डमा सधै जनतासँगै रहेको स्पष्ट पारेका छन् । यो क्षेत्रबाट विभिन्न व्यक्तिहरुले चुनाव जितेर जानुभयो, तर जनता र विकास प्रति उत्तरदायी नभएको गुनासो गरे । रानाले भने, ‘तसर्थ विकास र समृद्धीका लागि नेकपा एमालेले विजयी गराउनुहोस, एमालेले जनताको समस्या समाधान गर्दछ ।’
नेकपा एमालेले राष्ट्रियताको मुद्दा, जनजिविका, विदेशसंगको सम्वन्ध र विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको उनले बताए । रानाले भने, ‘देश र जनताको सर्वाङ्गीण विकासका लागि नेकपा (एमाले)को विकल्प छैन । समाज र देश परिवर्तनका लागि एमालेलाई जिताउन आवश्यक छ ।’