बालेन र सुधन गुरुङविरुद्ध जुलुससहित तनहुँमा जाहेरी, प्रहरी हत्या र विध्वंसको आरोप

तनहुँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध तनहुँमा पनि किटानी जाहेरी परेको छ ।

नेकपा एमालेनिकटका जनसंगठनका नेता-कार्यकर्ता जुलुससहित जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर किटानी जाहेरी दिएका हुन् । जाहेरी दिनेमा अनेरास्ववियु तनहुँका संयोजक आशिष पौडेल र युवा संघका अध्यक्ष सुरेन्द्र तामाङ छन् ।

जेन-जी आन्दोलनको क्रममा देशको मुख्य प्रशासनिक, न्यायापालिका भवन, निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्ने, प्रहरी तथा विद्यार्थीको ज्यान जाने गरी भिडहरूलाई उक्साएको उनीहरूमाथि आरोप छ ।

भिडलाई उक्साएको सामाजिक सञ्जालका फोटो, भिडिओ, स्टाटसजस्ता प्रमाण उनीहरुले बुझाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker