तनहुँ-१ उपनिर्वाचन : एमाले तनहुँद्वारा निर्वाचन परिचालन कमिटी गठन

भञ्ज्याङ न्यूज

आगामि वैशाख १० गते हुने तनहुँ-१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले) तनहुँले निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी कार्यालय दमौलीमा आइतबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला सह-इन्जार्च भगवती न्यौपानेको संयोजकत्वमा १ हजार ५ सय सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

उक्त कमिटीमा सम्बन्धित क्षेत्रका जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका सदस्यहरु, गाउँ तथा नगरकमिटीका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरु एवं पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु सदस्य रहने बताइउको छ । कमिटीले निर्वाचन परिचालन सम्बन्धी सम्पूर्ण काम गर्ने जिल्ला कमिटीका उपाध्यक्ष एवं क्षेत्रीय समन्वय कमिटीका संयोजक हरिराज कडेंलले बताए।

एमालेले निर्वाचन प्रचारको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बैशाख १ गते बन्दिपुरमा पालिका स्तरको र बैशाख ५ गते दमौलीमा क्षेत्रीय स्तरको चुनावी सभा आयोजना गर्ने निर्णय गरेको छ । अभियानको क्रममा पार्टीका पदाधिकारी लगायतका नेताहरुले सबै पालिका स्तरको सभालाई सम्बोधन गर्ने केन्द्रीय सदस्य न्यौपानेले बताईन् ।

उक्त बैठकलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटीका सदस्य किरण गुरुङले उपनिर्वाचनको परिणामलाई एमालेको पक्षमा पार्ने गरी सबै कार्यकर्ता एकताबद्ध भएर खटिन आग्रह गरे । बैठकलाई पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, प्रदेश सचिवालय सदस्य केदार सिग्देल लगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker