गुनासो सुनुवाइ संयन्त्र मार्फत जनताको गुनासो सुनुवाइ गरिने: मन्त्री न्यौपाने

तनहुँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मन्त्रालयले प्रदान गर्ने सेवा प्रवाह तथा सबै प्रकृतिका सेवा र सो को प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाई तथा समाधान गरिने बताएकी छन । गुनासो सम्बोधनका लागि मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको भन्दै मन्त्री न्यौपानेले उक्त केन्द्रमा आएका गुनासाहरु जतिसक्दो चाँडो प्रक्रियागत रुपमा समाधान गर्ने बताइन ।

उनले भनिन, `सेवाग्राहीवाट प्राप्त गुनासाहरुको अध्ययन र वर्गीकरण गरी कार्वाही गर्नुपर्ने गुनासाको सम्बोधनका लागि तत्काल प्रक्रिया अगाडि बढाइने छ ।´

शुक्रबार तनहुँको देवघाट,आँवुखैरेनी र बन्दीपुरका जनप्रतिनिधि, कर्मचारी र नागरिकहरुसँगको भेट तथा अन्तरक्रियामा बोल्दै मन्त्री न्यौपानेले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित् विषयका गुनासाहरु प्रक्रियागतरुपमा सम्बोधन गरिने बताइन ।

उनले कर्मचारी सरुवा सम्बन्धि मापदण्ड परिमार्जनको काम भईरहेको भन्दै त्यसपछि कर्मचारी सरुवामा एकरुपता हुने बताइन । सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहले विभिन्न बाहानामा हाजिर नगराउने प्रबृत्ति भएको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्ने उनले बताइन ।

तनहुँको विकासको लागि आफ्नो तर्फबाट सक्दो योगदान गरेको भन्दै उनले मन्त्रीको रुपमा अझैपनि बजेट बिनियोजन गर्न लागिपर्ने प्रतिबद्ध जनाइन ।

मन्त्री न्यौपानेलाई देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले स्थानीय तहमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या भएको, संघीय निजामती ऐन जारी नहुँदा कर्मचारीहरुले काममा जाँगर नदेखाउने तथा वन ऐन तथा सार्वजनिक खरिद ऐन परिमार्जन गर्नुपर्ने लगायतका सुझाबहरु दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker