म्याग्देमा बाख्रापालन सम्बन्धी तीन दिने तालिम
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई बाख्रापालन तालिम आयोजना गरेको छ । पालिकाको वार्षिक कार्यक्रम अनुसार सबै वडाका कृषक छनोट गरी तालिम आयोजना गरिएको हो ।
आइतबारदेखि सुरु भएको तालिममा ७ वटै वडाका कृषकको सहभागिता रहेको पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । उनका अनुसार तालिममा २५ कृषकको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा डा. शाहले बाख्रापालनका लागि आवश्यक ज्ञानबारे कृषकलाई सहजीकरण गर्नेछन् ।
तालिमको उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकलाई आत्मनिर्भर बनाउन सीपसँगै अन्य सहयोग गरिने बताए । उनले तालिमका सिकेका सीपलाई व्यवहारमा उतार्न सके बाख्रापालनका लागि सहयोगी हुने बताए।










