भानु नगरपालिकामा नौ करोडको लागतमा नगर अस्पताल निर्माण

तनहुँको भानु नगरपालिका–५ मा रु नौ करोड लागतमा पुरनडिही अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको रु नौ करोड ३४ लाखको लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो ।
पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगरस्तरीय अस्पताल बनाउँदै भवन निर्माण गरिएको र भवनको काम अन्तिम चरणमा पुगेको छ । नगरस्तरीय अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ३० जना स्वास्थ्यकर्मीको दरबन्दी हुनेछ ।
भवन निर्माणका लागि नेपाल सरकार र घिसिङ, कुँवर जेभी कन्ट्रक्सन प्रालिसँग २०७८ साउन १४ गते ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माण कार्य २०८० माघ १० गतेभित्र सम्पन्न गर्नुपर्ने भए तापनि ७४ प्रतिशत मात्रै काम सम्पन्न भएको  इन्जिनियर निरज साहले जानकारी दिनुभयो उहाँका अनुसार आगामी असोज महिनाभित्र निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरिनेछ । नवनिर्मित अस्पताल भवन दुई तलाको छ ।
हाल पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेश सरकार, एकीकृत सेवाअन्तर्गत आयुर्वेदिक चिकित्सक एक जना, जनस्वास्थ्य निरीक्षक एक जना, स्टाफ नर्स दुई जना, अनमी चार जना, अहेव सात जना, ल्याब असिस्टेन्ट एक जना, कार्यालय सहयोगी चार जना छन् ।
अस्पतालका लागि लोकसेवा आयोगद्वारा दुई जना एमबिबिएस डाक्टर, छात्रवृत्ति करारका लागि एक जना डाक्टर सिफारिस भएको छ । उहाँले भन्नुभयो, “केही दिनमै उहाँहरु अस्पतालमा आएर स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेछ ।” हाल अस्पतालबाट दैनिक एक सय भन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker