मर्स्याङदी करिडोरका स्थानीय तहहरु बीच समन्वय बैठक, के-के भए निर्णय ?

भञ्ज्याङन्यूज

मर्स्याङदी नदी करिडोरका स्थानीय तहहरुको अन्तरपालिका समन्वय बैठक आइतबार तनहुँको बन्दिपुरमा सम्पन्न गरिएको छ । मर्स्याङदी नदी करिडोर समन्वय समितिमा तनहुँ, लमजुङ र गोरखाका ८ वटा स्थानीय पालिकाहरु आवद्ध भएका छन् ।

भानु नगरपालिका, वेशिसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, पालुङटार नगरपालिका, बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र दोर्दी गाउँपालिका मर्स्याङदी नदी करिडोर समन्वय समितिमा आवद्ध भएका छन् ।

मर्स्याङदी नदी करिडोर समन्वय समितिका संयोजक एवं भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित बैठकमा करिडोर अन्तर्गतका स्थानीय तहको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

मर्स्याङदी कोरिडोर अन्तर्गतका पालिकामा पर्यटनको प्रबर्द्धन र सम्भाब्यता अध्ययनको लागि तपसिल अनुसार मर्स्याङदी कोरिडोर पर्यटन उपसमिति गठन गर्ने निर्णय गरिएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा र्राईनास नगरपालिका नगर प्रमुख खड्क बहादुर गुरुङ्ग र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा सदस्य रहने गरी उपसमिति गठन गरिएको छ ।

यस्तै बैठकले मर्स्याङदी कोरिडोरका स्थानीय तहहरु भित्र सिसाजन्य फोहोरमैलालाई दुइ वा दुइभन्दा बढी पालिकाहरुलाई पायक पर्ने उपयुक्त स्थान छनोट गरी लगानी साझेदारीको माध्यमबाट ब्यबस्थापन गर्ने निर्णय गरिएको छ ।

मर्स्याङदी कोरिडोर अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका, लमजुङलाई पनि समावेस गर्ने र अन्य पालिकासंग आगामी दिनमा समन्वय गरी सहकार्य गर्ने बैठकले निर्णय गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । कोरिडोर अर्न्तर्गतका स्थानीय तहहरु बिच ३/३ महिनामा संयुक्त बैठक र आगामी बैठक फागुन १२ गते बेशिशहर नगरपालिकामा बस्ने निर्णय गरिएको अध्यक्ष थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker