विद्यालयस्तरीय प्राथमिक उपचार तालिम

दमौली : तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित श्री पराशर माध्यमिक विद्यालयमा एकदिने विद्यालयस्तरीय प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजना तथा विद्यालयको युवा रेडक्रस सर्कलको आतिथ्यतामा सम्पन्न तालिममा जिल्लाका ११ विद्यालयका ३१ जना जुनियर तथा युवा रेडक्रसका विद्यार्थी सहभागी भएका थिए ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला शाखाका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले तालिमको शुभारम्भका अवसरमा रेडक्रसका सात सिद्धान्तको महत्वबारे प्रकाश पार्दै मानव सेवाको भावनालाई विस्तार गर्न रेडक्रसले विभिन्न तहमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले विद्यार्थीहरूलाई आकस्मिक स्वास्थ्य समस्याको अवस्थामा प्रभावकारी रूपमा सहयोग गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा व्यास नगरपालिका–५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठले यस्ता तालिमले विद्यार्थीहरूलाई विद्यालय तथा समुदायमा हुने सामान्य दुर्घटना र स्वास्थ्य समस्याको अवस्थामा प्राथमिक उपचार गर्न सक्षम बनाउने बताए ।
गण्डकी प्रदेश महासचिव तथा प्रशिक्षक रामदत्त पौडेलका अनुसार तालिममा घाइतेको प्रारम्भिक अवस्था मूल्याङ्कन, गला लाग्ने समस्या, रक्तस्राव नियन्त्रण, टोकाइ, पोलाइ, घाउचोटको उपचार तथा विभिन्न प्रकारका पट्टी बाँध्ने विधिबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा प्रदेश उपमहासचिव तथा प्रशिक्षक कृष्णचन्द्र पाण्डेले सहजीकरण गरेका थिए ।
युवा रेडक्रस सर्कलकी अध्यक्ष रूपा थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व अध्यक्ष कृष्णनारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक पीताम्बर सिग्देल, शिक्षक नायक दीपक न्यौपाने लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
तालिममा सहभागी ३१ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीका तर्फबाट नेपाल रेडक्रस सोसाइटी तनहुँका जिल्ला सदस्य कमला काफ्ले, निर्मल माध्यमिक विद्यालयकी छात्रा तथा सर्वज्योति माध्यमिक विद्यालयका शिक्षक नायक गीता पौडेल ओझाले तालिमबाट प्राप्त अनुभव र सिकाइबारे धारणा व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker