२२औं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई स्मार्ट टिभि सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको म्याग्दे गाउँपालिका-१ को कुलज्योति प्राथमिक विद्यालयलाई स्मार्ट टिभि सहयोग गरिएको छ । व्यास नगरपालि-५, भुपु टोल निवासी मन कुमार प्रधान ‘हरि’ले विद्यालयको ५१औ अभिभावक दिवस एवं २२ औ वार्षिकोत्सवको अवसर पारेर स्मार्ट टिभि सहयोग गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरमाया सुनारलाई हरिले ३२ इन्चको स्मार्ट टिभि प्रदान गरेका हुन् । विद्यालयमा वालवालिकालाई शिक्षामा सहयोग होस भन्ने हेतुले सहयोग गरिएको मन कुमार प्रधान ‘हरि’ ले बताए । डिजिटल युगमा विद्यार्थीको पढाइलाई केही सहज होस भनेर सहयोग गरेको हुँ, हरिले वताए ।
व्यवस्थापन समितीका अध्यक्ष निरमाया सुनारले हरिले गरेको कार्यले विद्यालयलाई धेरै सहयोग पुगेको बताए । भौतिक साधनको अभावले विद्यार्थीमा शिक्षामा परेको सन्दर्भमा टेलिभिजनको सहयोगले पढाइको गुणस्तरमा सुधार हुने विश्वास गरे ।
यस्तै, विद्यालयका प्रधानाध्यापक पदम कुमार श्रेष्ठले स्मार्ट टिभिको सहयोगले अव टेलिभिजनबाट नै विद्यार्थीले अध्ययन गर्न सक्ने वताए। डिजिटल युगमा प्रविधिको प्रयोग महत्वपुर्ण हुने रहेछ, जसले गर्दा विद्यार्थीको प्रविधिप्रतीको क्षमता विकास हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा म्याग्दे-१ का वडा सदस्य मीन वहादुर गुरुङ्ग, टोल विकास संस्थाको अध्यक्ष राजु गुरुङ्ग, जलदेवी युवा क्लवका अध्यक्ष मदन गुरुङ्ग, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










