बन्दीपुरस्थित विमलनगरखण्ड एक महिनाको लागि आंशिक रुपमा बन्द

पृथ्वीराजमार्ग अन्तरगत जिल्लाको बन्दीपुर गाउँपालिका–४ स्थित चुनपहरा सडक खण्ड आंशिक रुपमा बन्द हुने भएको छ । चुनपहरास्थित सडक निर्माणको कार्यलाई तीव्रता दिनको लागि फागुन ९ गतेदेखि चैत्र ९ गतेसम्मका लागि सडक आंशिक रुपमा बन्द गर्न लागिएको हो ।

यातायात व्यवस्था कार्यालय विमलनगरदेखि नयाँपुलसम्मको करिव ५ सय मिटर सडक खण्ड आवश्यकता अनुसार समय–समयमा ४५ देखि एक घण्टाको लागि बन्द गरिने आयोजनाले जनाएको छ । सडक बन्द गरिने हु“दा साना सवारीसाधन तथा मोटरसाइकलहरुले बैकल्पिक मार्ग बिमलनगर–मस्र्याङदीपुल–कुमल गाउ“–नया“पुल को बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

यस्तै, ठुला सवारी साधनहरुले सवारी रोक्दा, सवारी चलाउदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्न, सवारी फल्यागम्यान, साइनबोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्न आयोजनाले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker