झरीसंगै आएको पहिरोका कारण अवरुद्ध श्रृंगपथ पन्ध्र दिनपछि सञ्चालनमा आयो

भञ्ज्याङ न्यूज

तनहुँको दक्षिण भेगमा पर्ने श्रृंगपथ मोटरमार्ग अन्तर्गत देउराली-सुनाकोट सडकखण्डमा सडक भासिएर अवरुद्ध बनेको सडक पन्ध्र दिनपछि पुनःसञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन अवरुद्ध भएपछि नयाँ ट्रयाक खोलेर शुक्रबारदेखि सवारी पुनः सञ्चालनमा ल्याइएको हो ।

अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका-५ देउराली नजिकको सडकमा पहिरो जाँदा तनहुँको ऋषिङ, घिरिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लामा गुड्ने सवारी साधन रोकिएका थिए ।

सडक अवरुद्ध भएपछि यताको गाडी यतै र उताको गाडी उतै रोकिएकाले केही दूरी हिँडेर यात्रुले पुनः बस चढेर यात्रा गर्न बाध्य भएको घिरिङ गाउँपालिकाका प्रेस सल्लाहकार अन्जान परियारले बताए । दैनिक माथिबाट सडकमा पहिरो खसेकाले दुइदेखि तीन वटासम्म डोजर प्रयोग गरी माथिपट्ट िपहरा कटान गरेर नयाँ सडकमार्ग बनाइएको छ ।

गण्डकी प्रदेशले रु २५ लाख बजेट उपलब्ध गराएकाले जिल्लास्थित पूर्वाधार कार्यालयले सडक निर्माणको काम गरिएको बताइएको छ । दसैँको समयमा सवारीसाधान नचलेपछि लामो दूरीको बाटो पैदल हिँडेर आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान सर्वसाधारणले कठिनाइ भोग्नुपरेको थियो।

सडक बनेपछि साना तथा ठूला सवारीसाधान पनि निर्वाधरुपमा सञ्चालन हुन थालेको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले बताए । दसैँको समयमा अविरल वषर्ा भएका कारण पनि तत्काल काम गर्न नसकिएकाले केही समय ढिलाइ हुन गएको उनले बताए ।

चार्डपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालका लागि यताको सवारी यतै र उताको सवारी उतै रहने व्यवस्था मिलाइ यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker