तनहुँमा कारले मोटरसाइकललाई ठक्कर दिँदा आमा–छोरा घाइते

तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वी राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा आमा–छोरा घाइते भएका छन्।

शुक्रवार राति ९:३० बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २० प ५२२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको बा ६ च ७९९१ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक व्यास–४ का २७ वर्षीय सुवर्ण श्रेष्ठ र सोही मोटरसाइकलमा सवार उनकी आमा ४६ वर्षीया कल्पना श्रेष्ठ घाइते भएका हुन्।

चालक सुवर्ण श्रेष्ठको दुवै खुट्टा र बाँया हातमा चोट लागेको र आमा कल्पना श्रेष्ठको बाँया हात तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुवैजनाको अवस्था मध्यम रहेको र उनीहरूलाई रत्नहरी अस्पताल दमौलीमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि दुवै सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker