नेपाल बार एशोसिएसन तनहुँ इकाइको अध्यक्षमा भण्डारी चयन

दमौली : नेपाल बार एशोसिएसन तनहुँ बार इकाइको अध्यक्षमा सरिता थापा भण्डारी चयन भएकी छन् । इकाइको शुक्रबार सम्पन्न २१औं अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले इकाइको उपाध्यक्षमा विष्णुभक्त सिग्देल, सचिवमा माधव घिमिरे, कोषाध्यक्षमा विष्णु हड्खले चयन भएका छन् । सदस्यहरुमा निवर्तमान अध्यक्ष डम्बरदेव हड्खले, शिवदत्त ढकाल, केशव भट्टराई, हरिशचन्द्र अर्याल, इन्द्रकुमारी थापा, अमृतबहादुर नेपाली, हरिमान श्रेष्ठ, शिवराज काफ्ले र रविन्द्र बराकोटी चयन भएका छन् ।

त्यस्तै केन्द्रीय पार्षद्मा कृष्णहरि वाग्ले, भानुभक्त सुवेदी र चन्द्रकान्त वाग्ले चयन भएका छन् भने मानव अधिकार जनसरोकार समिति संयोजकमा विमल गिरी र सदस्यहरुमा त्रैलोक्य वाग्ले र शरणहरि पन्थ चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिए ।

गत शुक्रबार सुरु भएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयनका लागि पाँच सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, वरिष्ठ अधिवक्ता परशुराम गिरी, अधिवक्ता शिवदत्त ढकाल, अधिवक्ता केशव भट्टराई र अधिवक्ता रविन्द्र बराकोटी रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker