नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्‍याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

आदिकवि भानुभक्तको २१२ औँ जन्म जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले भानुभक्तका विचार र आदर्शहरूलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहनुपर्ने उल्लेख गरेका हुन् ।

‘घाँसीको प्रेरणाबाट महत्त्वपूर्ण कृति जन्माउनुभएको घटनाले उहाँको सरलता र महानता झल्कन्छ, रामायणजस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्‍याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवर्द्धन उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ’, मुख्यमन्त्री पाण्डेद्वारा जारी गरिएको सन्देशमा जनाइएको छ ।

वि.सं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिनुभएका भानुभक्तले भाषिक एकीकरणको सुरुवात गरेका थिए । रामायण, बधुशिक्षा, भक्तमाला, रामगीतालगायत उनका कैयौँ रचनाहरूले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना जगाउन र नेपाली संस्कृतिलाई बलियो बनाउन भूमिका खेलेका छन् ।

गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्तको सम्मानमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker