मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker