प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार खड्कालाई
भञ्ज्याङ न्यूज

भञ्ज्याङ दैनिक पत्रिकाका सम्पादक नारायण खड्कालाई प्रेस चौतारी नेपाल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाको आइतबार बसेको बैठकले शाखाद्वारा स्थापित क्रियाशील पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई प्रदान गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी नेपाल तनहुँका पूर्व अध्यक्ष समेत रहेका खड्कालाई उक्त पुरस्कार शाखाको जेठ १९ गते आयोजना हुने साधारणसभाको अवसरमा प्रदान गरिने अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।
वि.सं. २०६० सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल खड्कालाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।










