घिरिङमा भरुवा बन्दुक सहित एक जना पक्राउ

तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार स्थित सालिग्राम कोरीडोर मोटर मार्गमा गत शुक्रबार दिउँसो एकनाले भरुवा बन्दुकको साथमा एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ५९ वर्षीय टेकबहादुर सोती मगर रहेको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

अवैध रुपमा एकनाले भरुवा बन्दुक सहित हिडिरहेका मगरको शरिरमा खानतलासी गर्दा उनको साथबाट फलामको छर्राका टुक्रा, बारुद, प्लाष्टिक कागजको टुक्रा, पटका समेत फेला परेको खाँणले बताए । मगरलाई हातहतियार खरखजना मुद्दा शिर्षकमा आइतबार जिल्ला अदालतमा उपस्थित गराइएकोमा ७ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker